मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टद्वारा नेपाल भ्रमण

मेटलाइफका एसियाका क्षेत्रीय प्रेसीडेन्टद्वारा नेपाल भ्रमण


बैंकिङ्ग समाचार, काठमाडौं ।

मेटलाइफ नेपालले आफ्ना एसियाका लागि क्षेत्रीय प्रेसीडेन्ट लिन्डन ओलिभरसँगै बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफका क्षेत्रीय प्रमुख एलिना बुटारोभा र एसियाका प्रमुख वित्तीय अधिकृत आशिष भाटलाई स्वागत गरेको छ । नोभेम्बर २९ मा आफ्नो एकदिने भ्रमणको क्रममा, ओलिभरले कर्मचारी र अभिकर्ताहरूसँग भेटघाट गर्ने लगायत धेरै कार्यक्रमहरुमा भाग लिनु भयो, जसले नेपालमा मेटलाइफका सबै सरोकारवालाहरूलाई थप विश्वस्त भविष्य निर्माण गर्न मद्दत गर्ने कम्पनीको प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ ।

ओलिभर जुलाई २०२२ देखि क्षेत्रीय अध्यक्ष हुन । उनले मेटलाइफको कोषाध्यक्ष र रणनीति प्रमुखको रूपमा सेवा गरे । उनको एसियाका जापान र हङकङमा दुई अघिल्लो पोस्टिंगहरू भइसकेका छन् । उनी कम्पनीको कार्यकारी नेतृत्व टोलीका सदस्य हुन र कम्पनीको परोपकारी शाखा मेटलाइफ फाउन्डेसनका बोर्ड सदस्य र कोषाध्यक्ष हुन ।

मेटलाइफ नेपालका बारेमा

मेटलाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

मेटलाइफ ईन्क आफ्नो सहायक तथा सम्बन्धन प्राप्त गरेका कम्पनीका माध्यमबाट आफ्ना व्यक्तिगत र संस्थागत ग्राहकहरुलाई अघि सहज रुपमा अघि बढ्न विभिन्न बीमा योजनाहरु, वार्षिक योजनाहरु, कर्मचारी लाभ योजनाहरु तथा सम्पत्ति व्यवस्थापन योजनाहरु प्रदान गर्ने संसारकै अग्रणी वित्तीय सेवा कम्पनीहरु मध्ये एक हो ।

सन् १८६८ मा स्थापित मेटलाइफ संसारभरि ४० भन्दा बढीसहरहरुमा सञ्चालनमा रहेको छ भने संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एसिया, यूरोप तथा मध्य एसियामा अब्बल स्थानमा रहेको छ ।