बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको पहिलो दिन आज आइतबार घटेर बन्द भएको छ । आज नेप्से ७.२९ अंकले घटेर एक हजार ८ सय ५१ दशमलब २३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज कारोबार रकम एक अर्ब पनि पुग्न सकेको छैन । आज ९६ करोड ४० लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ९४ कम्पनीको शेयरमूल्य बढेको छ भने १३६ कम्पनीको शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार थ्री स्टार हाइड्रोपावर लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस् कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।



About Us
प्रतिक्रिया