माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता

माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंकबीच सम्झौता


बैकिङ्ग समाचार ।
माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक (एडिबी) बीच एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्र्तगत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ।  

उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक (एडिबी) को तर्फबाट सल्लाहकार तथा प्रमुख  ट्रेड एण्ड सप्लाई चेन फाइनान्स, स्टेभन विक तथा माछापुच्छ्रे बैंकको तर्फबाट सिइओ सन्तोष कोइरालाले हस्ताक्षर गरे। 

ट्रिपल ए क्रेडिङ्ग रेटिङ्ग प्राप्त एडिबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ।

उक्त सम्झौता पश्चात एडिबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ्ग सुविधाहरु प्रदान गर्नेछ। 

आफ्ना ग्राहकलाई विश्वसनीय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको बैंकले एडिबीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ। 

स्थापना कालदेखि नै माछापुच्छ्रे बैंक रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यावसायिक सेवाको क्षेत्रमा नयाँ नयाँ प्रविधिहरुको माध्यमबाट सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्नका लागि कटिवद्ध रहँदै आएको छ।

बैंकले देशभर १६० वटा शाखा, १५१ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३१६ स्थानमा रहेका सेवा सञ्जाल, १९८ वटा एटिएम, १ हजार भन्दा बढी पिओएसमार्फत सेवा दिँदै आएको छ।