बैंकिङ्ग समाचार, काठमाडौं ।
सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट कम्पनीको मूल्य ३० प्रतिशतले बढेको छ । समग्र सेयर बजारको प्रदर्शन लगानीकर्ताका लागि सन्तोषजनक हुन नसकिरहेका बेला केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखिएको छ । पछिल्लो १ महिनामा ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यही अवधिमा दुई होटल, दुई जलविद्युत् कम्पनी, एक लगानी कम्पनी, एक उत्पादन कम्पनी र एक लघुवित्त कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । विगत एक महिनामा समग्र सेयर बजारको अंक भने स्थिर रहयो । कात्तिक १५ गते नेप्से परिसूचक १८५८ अंकमा रहेकोमा सामान्य उतारचढावपछि मंसिर १४ गते पनि १८५८ अंकमै कायम भएको छ ।
कम्पनीको मूल्य किन बढ्यो त कारण यस्तो छ ?
१. केही कम्पनीमा भने यतिबेला लगानीकर्ताको आकर्षण नै देखिन्छ । पर्यटन सिजन सुरु हुनु र नेपालमा पर्यटकको संख्या बढ्दा विगत १ महिनामा समग्र होटल समूह नै ९ प्रतिशतले बढेको पाइन्छ । जसले गर्दा तारागाउँ र ओरियन्टल होटलको सो समूहका अरु कम्पनीको तुलनामा मूल्य धेरै बढेको छ ।
२.सिमित सेयर आपूर्ति हुने कम्पनीमा समूह नै सक्रिय भई लगानीकर्ताले मूल्य बढाएर फाइदा लिने गरेको पनि पाइन्छ । जसले गर्दा वित्तीय स्थिति एकदमै खराब भएका सानो पुँजीका कम्पनीहरुको मूल्य एकैदिन १० प्रतिशत पनि बढ्ने गरेका छन् त्यसकारण कम्पनीको व्यावसायिक वा वित्तीय स्थितिमा खास कुनै प्रगति नभए पनि मूल्य बढ्ने गरेका छन् । सिंगटी र मन्दाकिनी हाइड्रोपावर त्यसकै उदाहरण हुन् ।
३.आईपीओ मूल्यभन्दा तल झरेर समेत कारोबार भएको सोनापुर मिनरल्स पछिल्ला दिनमा धेरै कारोबार हुने ‘टप फाइभ’मा पर्दै आएको छ ।
४.सिमेन्ट कम्पनीहरुमा यो कम्पनीको मूल्य सबैभन्दा सस्तो रहेको र आपूर्ति पनि अरुको तुलनामा कम रहेकाले मूल्य बढेको पाइन्छ । यद्यपि कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अझै सार्वजनिक गरेको छैन ।
५.हाथवेले भदौ अन्तिम साता प्रतिकित्ता ५० रुपैयाँका दरले आईपीओ जारी गरेको थियो । यसमा पनि सेयर संख्या न्यून भई आपूर्ति कम हुनु मूल्य बढ्नुको मुख्य कारण हो ।
६. मूल्य धेरै बढेकाले अहिलेको अवस्थामा मूल्य आम्दानी अनुपात (पीई रेसियो) ७८ गुणा छ, जसले मूल्यमा जोखिम पनि बढेको स्पष्ट पार्दछ । हाथवे मात्रै नभई मूल्य बढ्दा अरु कम्पनीमा पनि जोखिम बढ्न जान्छ ।



About Us
प्रतिक्रिया