बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज नेप्से साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १८.०६ अंकले घटेर एक हजार ८ सय ५८ दशमलब ५३ विन्दुमा बन्द भएको हो .
त्यस्तै, आज एक अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएकामध्ये ३२ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार रुरु जलविद्युत परियोजना लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कमनिीको शेयरमूल्य आज ५.६३ प्रतिशतले बढेर प्रतिकित्ता ७५० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया