बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८०मा साढे ८७ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज अर्थमन्त्री डा. प्रकाशशरण महतलाई गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन बुझाएका छन्।
प्रतिवेदनमा राष्ट्र बैंकले गत आर्थिक वर्षमा ८७ अर्ब ६० करोड रुपैयाँ बढी नाफा आर्जन गरेको उल्लेख छ। आर्थिक वर्ष २०७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४४८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
वार्षिक प्रतिवेदन बुझाउने क्रममा गभर्नर अधिकारी र अर्थमन्त्री महतबीच चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाका विषयमा छलफल भएको बताइएको छ।
उक्त अवसरमा गभर्नर अधिकारी र अर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ।



About Us
प्रतिक्रिया