बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारको टाउकोमा २३ खर्ब ५७ अर्ब छ करोड ८० लाख रुपैंयाँ ऋण देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक बर्षको यही कात्र्तिक मसान्तसम्ममा सरकारले तिर्न बाँकी रहेको आन्तरिक र बाह्य ऋण २३ खर्ब नाघेको हो ।
सरकारको तिर्न बाँकी रहेको कुल ऋण दायित्वमा आन्तरिक ऋणतर्फ ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्यतर्फ ११ खर्ब ७३ अबृ ४९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । कार्यालयका अनुसार सरकारले चालु आर्थिक बर्षको यही कात्र्तिक मसान्तसम्ममा तिर्न बाँकी रहेको कुल ऋणदायित्व मध्येमा ५५ अर्ब ४४ करोड ६८ लाख रुपैंयाँ भुक्तानी गरेको छ । जसमध्ये आन्तरिक ऋणतर्फ ४४ अर्ब ८४ करोड १७ लाख र बाह्यतर्फ १२ अर्ब ६० करोड ५१ लाख रुपैंयाँ सावाँ भुक्तानी गरेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आवको यही कात्र्तिक मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ ९७ अर्ब ३१ करोड र बाह्य तर्फ १५ अर्ब ८५ करोड ३० लाख रुपैंयाँ गरी कुल एक खर्ब १३ अर्ब १६ करोड ३० लाख रुपैंयाँ ऋण प्राप्त गरेको छ । तिर्न बाँकी रहेको ऋणको अवस्था अन्र्तगत चालु आवको कात्र्तिक मसान्तममा तिर्न बाँकी ऋणको सुरु मौज्दात २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैंयाँ रहेको छ । यस मध्ये आन्तरिकतर्फ ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख र बाह्यतर्फ ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैंयाँ रहेको छ ।
यही कात्र्तिक मसान्तसम्ममा सरकारले तिर्न बाँकी रहेको ऋण दायित्व (रकम रु करोडमा)
ऋणको स्थिती | शुरु मौज्दात | प्राप्ती | सावाँ भुक्तानी | तिर्न बाँकी दायित्व |
तिर्न बाँकी ऋणको अवस्था | २२९९३५.२५ | ११३१६.३० | ५५४४.६८ | २३५७०६.८७ |
आन्तरिक ऋण | ११२९१०.३८ | ९७३१.०० | ४२८४.१७ | ११८३५७.२१ |
बाह्य ऋण | ११७०२४.८७ | १५८५.३० | १२६०.५१ | ११७३४९.६६ |
प्रतिक्रिया