शोधानान्तर स्थिति १ खर्ब ६ अर्बले बचतमा, बैंकिङ्ग क्षेत्रसँग १३ महिनालाइ आयात धान्न सक्ने सञ्चिति

शोधानान्तर स्थिति १ खर्ब ६ अर्बले बचतमा, बैंकिङ्ग क्षेत्रसँग १३ महिनालाइ आयात धान्न सक्ने सञ्चिति


बैकिङ्ग समाचार । 
चालु आर्थिक वर्षको मंसिर महिना सम्ममा मात्र देशको शोधनान्तर स्थिती १ खर्ब ६ अर्ब ४८ करोड बचतमा पुगेको छ ।

चालु आर्थिक चौथो महिनमा १ खर्ब १० अर्ब ६५ करोड बचतमा रहेको शोधनान्तर बचतमा सामान्य गिरावट आएको हो । जुन गत कात्तिकको भन्दा ४ अर्बले कम हो। अघिल्लो वर्षको मंसिरसम्ममा मुलुकको शोधान्तर स्थिती २३ अर्ब ३० करोड बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८९ करोड ६५ लाखले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको सो अवधिमा बैदेशिक ब्यापारमा कमी आएसंगै शोधनान्तर बचत उच्च दरमा बढेको छ । कोरोना भाइरसका कारण आर्थिक गतिविधिमा आएको सुस्ततासंगै आयातमा कमी आउनु र रेमिटेयान्स आप्रबाहमा उच्च सुधार आएपछि शोधनान्तर बचत बढेको हो ।

चालु आर्थिक वर्षको मंसिर महिनामा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोड रुपौयँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड २० लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १८ करोड २४ लाखले घाटामा रहेको छ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा पूँजीगत ट्रान्सफर १६ प्रतिशतले कमी आई ४ अर्ब ७५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड रुपौयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो।