बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार घटेको नेप्से परिसुचक १ हजार ८ सय ७६ . ६० विन्दुमा कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसुचक १७.९३ अंकले घटेको छ । कारोबारको आधारमा सोनापुर मिनरल्स सबैभन्दा अगाडि रहे । सोनापुर मिनरल्सको ६ करोड २८ लाख कारोबार भएको छ । एनआइसी एसिया डेबेन्चर (८१/८२) को ५ करोड ३ लाख, सिटिजन लाइफ इन्स्योरेन्स ३६ करोड ८० लाख कारोबार भएको छ ।
बुद्धभूमि नेपाल हाइड्रोपावर ९ . ९८, अभियान लघुबित्त वित्तीय संस्था ७, माहुलि लघुवित्त वित्तीय संस्था ५ . ३० प्रतिशतले गुमाए । कुल ४२ कम्पनीको मूल्य बढ्यो भने १९० कम्पनीको मूल्य घट्यो । ७ वटा कम्पनी स्थिर रहे । नेप्सेका अनुसार सबै उपसमुह घटे । त्यसमध्ये अन्य उपसमुह मात्रै २ . ३९ अंकले बढ्यो । जीवन बिमा १५९ . २५, निर्जीवन बिमा १५४ . ६३, उत्पादन तथा प्रशोधन १०६. ९६ अंकले घट्यो ।
होटल तथा पर्यटन ५५ . ४६ र विकास बैंक ४६ . ७० अकंले घट्यो । विजय लघुवित्त वित्तीय संस्था ९ . ८८, कुमारी धनवृद्धि योजना ३ . ६३, सिटिजन्स म्युचअल फुन्ड २ ३.५५ प्रतिशतले कमाए ।
प्रतिक्रिया