आज पनि सुनको मुल्यमा लगातार नयाँ कीर्तिमान


बैंकिङ्ग समाचार,काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।आज सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउमा प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको हो ।मंगलबार भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बुधबार तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको हो । गत कात्तिक १२ गते सुनको भाउ प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ कायम भएको थियो । कात्तिक २७ गते प्रतितोला १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंसिर लागेसँगै बढ्न थालेको हो । मंसिर १ गते छापावाल सुन प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि भने सुनको मूल्य भने बढिरहेको छ ।