नेप्सेमा सामान्य गिरावट, कारोबार रकम १ अर्ब २८ करोड

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम १ अर्ब २८ करोड



बैंकिङ्ग समाचार, काठमाडौं ।
साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि शेयरबजार नेपाल स्टक एक्सचेञ्ज नेप्से घटेको छ । आज नेप्से १८९४.५३ बिन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज कारोबार रकम पनि संकुचन भएको छ । हिजो सोमबार एक अर्ब ७५ करोड ४७ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज एक अर्ब २८ करोड २ लाख रुपैयाँको मात्रै कारोबार भएको हो । १०२ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १२६ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य यथावत्‌ छ ।


आज कारोबार भएकामध्ये बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको प्रतिकित्ता शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर ३९४.८० रुपैयाँ पुगेको छ । नारायणी विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक ५।३३ प्रतिशत गुमाएका छन्‌ । सो कम्पनीको प्रतिकित्ता शेयरमूल्य २० रुपैयाँले घट्दै ३५५ रुपैयाँ कायम भएको छ ।