बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट आफु र अरुलाई बचाउन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै नचिनेको व्यक्तिको लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको हो ।
ह्वाट्सअप, भाइबर, म्यासेन्जरजस्ता मोबाइल एप वा ई–मेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धनसम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएकोजस्ता विभिन्न बहानाका सन्देश पठाउने गरेको राष्ट्र बैंकले जनाएको छ।
साथै, सो रकम वा सम्पत्ति प्राप्त गर्न केही रकम पठाउनु पर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनी सर्वसाधारणलाई आर्थिक प्रलोभन देखाई ठगी गर्ने घटना संसारभर हुने गरेका छन् । त्यस्ता झुटो कुराको विश्वास गरी लहैलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध गराउने कार्य नगर्न राष्ट्र बैंकले सूचनामार्फत सचेत गराएको छ।





About Us
प्रतिक्रिया