हायर पर्चेज कर्जा दिने कम्पनीलाई राष्ट्र बैंकले स्वीकृति दिन गर्‍यो नयाँ व्यवस्था

हायर पर्चेज कर्जा दिने कम्पनीलाई राष्ट्र बैंकले स्वीकृति दिन गर्‍यो नयाँ व्यवस्था


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नयाँ नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रिया व्यवस्था, २०८० विभिन्न मापदण्डहरु तोकेको छ ।

राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनी सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधारका साथै अन्य प्रक्रियागत मापदण्ड पूरा गरेको हुनुपर्ने जनाएको छ ।

मापदण्ड
१ हायर पर्चेज कर्जा दिन स्वीकृति दिँदा सो कारोबार स्वस्थ, प्रतिस्पर्धात्मक र प्रभावकारी रुपमा हुन्छ भन्ने लागेमा,
२ प्रचलित कानुन र सो अन्तर्गत बनेको नियम, विनियम वा सो अन्तर्गत जारी भएका आदेश वा निर्देशन तथा प्रबन्धपत्र र नियमावलीका अधीनमा रही हायर पर्चेज कर्जा दिन सक्षम छ, भन्ने लागेमा
३ स्वीकृतिको लागि दिएको निवेदनसाथ संलग्न विवरण तथा कागजात अनुसार कम्पनी हायर पर्चेज कर्जा दिन सक्षम छ भनी विश्वास गर्ने पर्याप्त आधार भएमा ।
४ कम्पनीले हायर पर्चेज कर्जा दिने स्वीकृति पाएको मितिले ६ महिनाभित्र त्यस्तो कारोबार सुरु गरिसक्नुपर्नेछ । अन्यथा त्यस्तो कम्पनीलाई कारोवार गर्न प्रदान गरिएको स्वीकृति स्वतः रद्द हुनेछ ।