माघ १ बाट खुमलटार सर्दै धितोपत्र बोर्डको कार्यालय

माघ १ बाट खुमलटार सर्दै धितोपत्र बोर्डको कार्यालय


बैकिङ्ग समाचार ।
नेपाल धितोपत्र बोर्डको कार्यालय माघ १ बाट खुमलटार सर्ने भएको छ  । हाल जावलाखेलमा रहेको बोर्डको कार्यालय माघ १ बाट खुमलटार स्थिति एक्जोटिक ओरियन्टल क्राफ्टस प्रालिको स्वामित्वमा रहेको भवनमा सर्न लागेको हो  ।

यो सातदोबाटोबाट १ किलोमिटरको दुरीमा रहेको छ । यस संगै बोर्डको कार्यालय पहिलो पटक रिङरोड बाहिर पुग्ने छ । नयाँ स्थानमा बोर्डले मासिक भाडा ८ लाख बढी तिर्ने बताईएको छ ।

बोर्डको कार्यालयहरु सुरुमा बागदरबार, त्यसपछि बागबजार, र त्यसपछि थापाथलीमा रहेको थियो । थापाथलीबाट सिनामंगल विजय चोक सरेको बोर्ड कार्यालय त्यहाँबाट जावलाखेल आएको थियो । जावलाखेलमा करिब ७ वर्ष बसेपछि बोर्डको कार्यालय जावलाखेलबाट खुमलटार जान लागेको हो ।