तत्कालिन क्रिष्टल फाइनान्सको सम्पत्ति सिटिजन्स बैंकले कौडीको भाउमा किन्यो


बैंकिङ्ग समाचार, काठमाडौँ ।

खारेज भइसकेको वित्त कम्पनी क्रिष्टल फाइनान्सको जग्गा सिटिजन्स इन्टरनेस्नल बैंकले खरिद गर्ने भएको छ । क्रिष्टल फाइनान्सको नाममा रहेको काठमाडौं महानागरपालिका वडा नं ११ को कित्ता नम्बर २३७५ र ११४४ को जग्गा र सो जग्गामा बनेको करिब १४ हजार ५ सय १५ वर्ग फिटको घर तथा जग्गा सिटिजन्स इन्टरनेश्नल बैंक लिमिटेडले खरिद गर्ने भएको हो ।

राष्ट्र बैंकले इजाजत खारेज गरिसकेको उक्त फाइनान्स कम्पनीले बोलकबोल मार्फत आफुसँग भएको जग्गा विक्री गर्न सूचना जारी गरेको थियो । सोही सुचनालाई आधार बान्दै परेका सिलबन्धी बोलपत्रमध्य सिटिजन्स इन्टरनेश्नलको धेरै कबोल गरेपछि उक्त जग्गा सिटिजन्स बैंकको हुने भएको हो ।