डिजिटल भुक्तानी गर्नेको शंख्या बढ्यो

डिजिटल भुक्तानी गर्नेको शंख्या बढ्यो


बैंकिङ्ग समाचार । 
बस्तु तथा सेवा खरिद गरेवापत सिधै डेबिट तथा क्रेडिट कार्डबाट हुने कारोबार संख्या र भुक्तानी रकम बढेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा डेबिट कार्डबाट ६६ लाख ५० हजार ५६७ पटक कारोबार भएको छ। रकमका आधारमा ५८ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 

जबकी असोज महिनामा ५९ लाख ५२ हजार ६९३ पटक कारोबार भएको थियो भने भदौमा ४१ लाख १८ हजार १८२ पटक कारोबार भएको छ। 

रकमका आधारमा पनि भदौ र असोजको तुलनामा कात्तिकमा भएको कारोबार उच्च छ। असोजमा ४९ अर्ब रुपैयाँको कारोबार भएकोमा भदौमा ३३ अर्बको कारोबार भएको छ। 

त्यस्तै क्रेडिट कार्डबाट हुने कारोबार पनि बढेको छ। कात्तिक महिनामा क्रेडिट कार्डबाट १ लाख ४१ हजार ३३३ पटक कारोबार भएको छ।

जवकी असोज महिनामा १ लाख २८ हजार ४६० पटक र भदौमा  ७६ हजार ३१७ पटक कारोबार भएको थियो।