बैंकिङ्ग समाचार, काठमाडौं ।
तिहार पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात तिहार अघिको अन्तिम कारोबार दिन साढे ११ अंक घटेर बन्द भएको नेप्से, यस दिन सामान्य अंक बढेर बन्द भएको हो।
सोमबार नेप्से परिसूचक १.३९ अंक बढेर १८५३.४८ विन्दुमा पुगेको छ। यस दिन कारोबार रकम बढेको छ। तिहार अघि १ अर्बभन्दा कमको शेयर कारोबार भइरहेको बजारमा यस दिन १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। आज ११९ कम्पनीको शेयर मुल्य बढेको छ भने ११३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २८४ कम्पनीको ३३ लाख १९ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ ।





About Us
प्रतिक्रिया