चन्दा माग गरेको भन्ने समाचारमा सत्यता छैन: नबिल बैंक

चन्दा माग गरेको भन्ने समाचारमा सत्यता छैन: नबिल बैंक


बैंकिङ्ग समाचार । 
नबिल बैंकले सरकार सम्बद्ध व्यक्तिहरुले बैंकसँग चन्दा माग नगरेको स्पष्ट पारेको छ।

बिभिन्न अनलाइन मिडियाहरूमा ‘नबिल बैंकसँग सरकार सम्बद्ध व्यक्तिहरूले चन्दा मागेका’ भने भ्रामक समाचार प्रकाशित भएको भन्दै सो समाचारमा कुनै सत्यता नभएको जनाएको हो।
आइतबार विज्ञप्ति प्रकाशित गरी सो समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘यी समाचारहरूमा विमत्ति राख्दै यसमा कुनै सत्यता नभएको कुरा स्पष्ट पार्न चाहन्छौं’ बैंकले भनेको छ, ‘नबिल बैंकसँग सरकार सम्बद्ध कुनै व्यक्तिले आजका मितिसम्म फोन नगरेको र चन्दा पनि नमागेको अवगत गराउन चाहन्छौं।’

नबिल बैंक विगत ३६ वर्षदेखि निरन्तर नेपाली समाजमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको ‘क’ वर्गको वाणिज्य बैंक हो, जसको नेपाल राष्ट्र बैंकबाट नियमन भइरहेको छ। बैंकले नियामक, शेयरधनी, ग्राहक तथा सम्बन्धित सबै निकायहरू प्रति सबैको विश्वासका लागि आभारसमेत व्यक्त गरेको छ।