एनआईसी एशिया बैंकको सूर्यविनायक नगरपालिकामा वस्तारित काउण्टर

एनआईसी एशिया बैंकको सूर्यविनायक नगरपालिकामा वस्तारित काउण्टर


बैंकिङ्ग समाचार ।
एनआईसी एशिया बैंकले ९३ औं विस्तारित काउण्टर भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा सञ्चालनमा ल्याएको छ । उक्त विस्तारित काउण्टरको पूर्व उद्योगमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेज्यूले संयुक्त रुपमा गरेका छन् ।

सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एन आई सी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्ग जस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पु¥याउने पुर्वमन्त्री बस्नेतको भनाई थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ्ग कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ्ग पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बताएका थिए ।

नगरपालिकाका मेयर वासुदेव थापाज्यूले विस्तारित काउण्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ्ग सेवा प्राप्त गर्नुका साथै कर्जा सुविधा समेत उपभोग गर्न पाउने बताएका थिए । बैंकले देशभर ३३३ शाखा कार्यालयहरू, ४७१ एटिएम, ९३ वटा एक्स्टेन्सन काउण्टर एवं ७६ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।