माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेड बिच व्यवसायीक सम्झौता

माछापुच्छ्रे बैंक र अग्नि इन्कर्पोरेटेड बिच व्यवसायीक सम्झौता


बैंकिङ्ग समाचार ।  

माछापुच्छ्रे बैंक र महिन्द्रा ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बिच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । 

सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडका तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखा कार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।