काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.५७ अंकले घटेर बन्द भएको हो। यससँगै बजार २६ सय २८ दशमलव १७ को बिन्दुमा बन्द भएको छ। त्यस्तै, नेप्से घटेसँगै ४ अर्ब ८२ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, १ करोड ३१ लाख कित्ता शेयर किनबेच भएको छ।
आज ३५३ कम्पनी कारोबारमा आउँदा ५९ कम्पनीको शेयर मूल्य बढेको छ। त्यस्तै, २०३ कम्पनीको शेयर मूल्य घटेको भने १७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। आज सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकको कारोबार भएको छ। आज यस कम्पनीको २४ करोड ९९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। ग्लोबल आइएमई बैंकको २१ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी एनआईसी एसिया बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ६.०८ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, माण्डु हाइड्रोपावरका लगानीकर्ताले ४.७६ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा बढी गुमाउने सोपान फर्मास्यूटिकल्सका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ५.३७ प्रतिशतका दरले गुमाएका हुन्।




About Us
प्रतिक्रिया