दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौं – सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले कार्कीको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरी मुद्दाको अन्तिम समयमा नै त्यसबारे निर्णय हुने भनी आदेश गरेको हो। कार्कीले आफूलाई आईजीपीबाट हटाएको भन्दै पुनबर्हालीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए।