काठमाडौं – बिचौलिया इनम सापकोटासँग कनेक्सन रहेको आरोपमा पक्राउ परेका महेश कुमार श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा राखिएको छ। श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासले हेर्न नमिल्नेमा राखेको हो।
इजलासले अनुसन्धानको मिसिल अध्ययन गर्दा उक्त मुद्दा आफूले हेर्न उपयुक्त नदेखिएको भन्दै आफू रहितको इजलासमा नियमानुसार पेस गर्न आदेश दिएको छ।
श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।




About Us
प्रतिक्रिया