कास्कीबाट विभिन्न कसुरका ४ जना फरार प्रतिवादी पक्राउ


काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न कसुरमा अदालतबाट सजाय फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले २०८३ मंसिर ८ गते विभिन्न स्थानबाट १ जना महिला र ३ जना पुरुष गरी ४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये २ जना चेक अनादर कसुरमा तथा २ जना आपराधिक उपद्रव र डाँका चोरीसम्बन्धी कसुरमा अदालतबाट फैसला भएका व्यक्ति रहेका छन्। पक्राउ परेका प्रतिवादीहरूबाट ४ हजार ४ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई थप आवश्यक कारबाहीका लागि कास्की जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।