काभ्रे – काभ्रेपलाञ्चोकमा चालु आर्थिक वर्षको साउन १ गतेदेखि मङ्सिर ७ गतेसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख रागीश्री कक्षपति श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये ३० पुरुष र २४ महिला रहेका छन्।
जिल्लाका चार स्थानीय तहमा मात्र डेंगु सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ। प्रमुख श्रेष्ठका अनुसार पाँचखाल नगरपालिकामा सबैभन्दा बढी २४ जनामा सङ्क्रमण पुष्टि भएको छ। त्यस्तै, बनेपा नगरपालिकामा १९, मण्डनदेउपुर नगरपालिकामा नौ र नमोबुद्ध नगरपालिकामा दुई जनामा सङ्क्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा भने जिल्लामा डेंगुका नयाँ सङ्क्रमित थपिएका छैनन्। जिल्लाका अन्य स्थानीय तहमा हालसम्म सङ्क्रमण नदेखिएको प्रमुख श्रेष्ठले जानकारी दिइन्।





About Us
प्रतिक्रिया