आगलागीबाट जलेर २० लाख बराबरको धनमाल नष्ट


काठमाडौं – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका– ५ खोलाखर्क बस्ने विक्रम तामाङको घरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।