बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?


काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ। सोमबार प्रतितोला चार हजार आठ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन भने तोलामा पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार प्रतितोला तीन हजार एक सय १० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।