काठमाडौं – काभ्रेको धुलिखेल नगरपालिका – १२ शंखुस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४९ वर्षीय बलराम थापा समेत १६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५१ हजार ५ सय ४५ रुपैयाँ, कौडा १६ थान र १ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





About Us
प्रतिक्रिया