लगातार आठ दिन घटेको सुनको मूल्य आज भने बढ्यो, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो शुक्रबारदेखि लगातार घट्ने क्रममा रहेको सुनको मूल्य सोमबार भने बढेको हो।

आइतबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन भने तोलामा चार हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४७ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला तीन हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार एक सय १० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ बढेको हो।