दानबहादुर कार्कीको रिट न्याधीशद्वय फुयाल र पाण्डेयको इजलासमा


काठमाडौं – काठमाडों सर्वोच्च अदालतले बुधवार निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ।

उनले आईजीपी पदबाट हटाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च रिट दायर गरेका थिए। यसअघि उनको उक्त रिटको पहिलो सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो।