काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका पुर्व अध्यक्ष राजेन्द्र मल्लले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको आर्थिक कूटनीति सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको आर्थिक कूटनीति सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका हुन् ।
भारतसँगको करिब ९ खर्ब ५२ अर्बको व्यापार घाटा न्यूनीकरण, जलविद्युत् निर्यात, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश मार्ग, भारतीय पर्यटक आकर्षण तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न ठोस सहमति आवश्यक रहेको उनको भनाई छ ।
यस्तै, हवाई कनेक्टिभिटीसँगै गुणस्तरीय रेलमार्ग विस्तारलाई पनि उच्च प्राथमिकता दिनुपर्छ। नेपालमा प्रशस्त जलविद्युत् सम्भावना र चिसो हावापानी भएका स्थानको उपयोग गरी डेटा सेन्टर निर्माण, एआई तथा आइटी सेवा विकास र अन्तर्राष्ट्रिय बजारमा आइटी सेवा निर्यातलाई प्राथमिकता दिनुपर्छ। कूटनीति अब औपचारिकतामा मात्र होइन, व्यापार, लगानी, प्रविधि, रोजगारी र राष्ट्रिय समृद्धिको ठोस परिणाममा देखिनुपर्ने बताएका छन् ।





About Us
प्रतिक्रिया