काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती करिडोर सामुदायिक भवन नजिकबाट चोरी भएको माइक्रोबससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत मंसिर १३ गते साँझ खाली जग्गामा पार्किङ गरी राखिएको माइक्रोबस हराएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले खोजतलास सुरु गरेको थियो।खोजतलासका क्रममा काठमाडौंको स्वयम्भूस्थित बुद्ध पार्कबाट चोरीमा संलग्न रहेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएको जनाएको छ।





About Us
प्रतिक्रिया