काठमाडौं – देशका सातै प्रदेशका डिजिटल स्टार्टअपहरूको सहभागितामा काठमाडौँमा २ दिने स्टार्टअप एन्ड आइडिया फेस्ट हुने भएको छ। आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टको रुपमा लिभिंग विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते फेस्टको आयोजना गर्न लागेको हो। स्टार्टअप फेस्टको यो सातौ संस्करण हो।
लिभिङ विथ आईसीटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढी स्टर्टाअप र इन्नोभेसनहरूको प्रदर्शनी रहनेछ। द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियर्स भ्लग्सको सहकार्य रहेको यस फेस्टमा प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरू प्रदर्शन गर्नेछन्।
यसैगरी आयोजकले सातै प्रदेशबाट छनोट गरेका ३० वटा स्टार्टअपहरू पनि सहभागी हुनेछन्। स्टिम क्याम्प, रकेट साइन्स, गेमहरू, रोबोट प्रतियोगता कार्यक्रमका विशेष आकर्षण रहेका छन्। दुई दिनसम्म सञ्चालन हुने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता पनि आयोजना हुनेछन्।





About Us
प्रतिक्रिया