बैंकिङ्ग समाचार ।
नेपाल बंगलादेश बैंकले लाभांस घोषणा गरेको छ। बैंकले २.४२ प्रतिशत नगद लाभांस र ६ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ ।
प्रतिक्रिया