बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशतले बढ्यो


काठमाडौं – चालु आर्थिक वर्षको पहिलो २ महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ७२ अर्ब ८० करोड अर्थात् ०.९ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.५ प्रतिशत ३२ अर्ब ८६ करोड रूपैयाँले बढेको थियो।

वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.४ प्रतिशतले बढेकोछ। २०८३ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.५ प्रतिशत, ४८.० प्रतिशत र ३४.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ५.८ प्रतिशत, ३८.० प्रतिशत र ४७.९ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८३/८४ को दुई महिना (२०८३ भदौसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति २०८३ भदौमसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.३ प्रतिशत रहेको छ। २०८२ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ३५.२ प्रतिशत रहेको थियो।

Skip This