५९ जना जुवाडे पक्राउ, ९ लाख २२ हजार बरामद 


काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा देशभरबाट ५९ जना पक्राउ परेका छन्। काभ्रेको पनौती नगरपालिका– ९ सुनथान बस्ने ४० वर्षीय सुरेश कुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सुरेश समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४५ हजार रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। 

सिराहाको लहान नगरपालिका– ७ बाट  जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय निरज गुप्ता समेत ४ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ६ सय ५५ रुपैयाँ, २ हजार ८ सय ८० भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १८ कटा टोलस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय उपेन्द्र प्रसाद साह समेत ८ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको उनीहरूलाई नगद  ७६ हजार ३ सय ९० रुपैयाँ र ८ बुक तास सहित प्रहरीले पक्राउ गरेको  हो। 

प्युठानको प्युठान नगरपालिका– २ जुम्रीबाट जुवातास खेलिरहेको अवस्थामा प्युठान नगरपालिका – ४ बिजुवार बस्ने ५५ वर्षीय डिल बहादुर सुनार समेत १३ जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४० हजार १० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। 

कपिलवस्तुको वाणगंगा नगरपालिका– ६ वनकसियाबाट जुवातास खेलिरहेको अवस्थमा सोही नगरपालिका– ५ बस्ने ३३ वर्षीय जिवन विश्‍वकर्मा समेत ११ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङ र इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख २० हजार १ सय ९० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो।  

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ४ जिरो ड्यामबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका – ५ बस्ने ४३ वर्षीय कुल बहादुर सुनार समेत १७ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५ हजार ६ सय ७० रुपैयाँ, २८ बुक तास र  लंगुर बुर्जा ६ थानसहित उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Skip This