तिहार बिदामा पनि बैंकिङ्ग सेवा दिन राष्ट्र बैंकको निर्देशन


काठमाडौं – नेपाल राष्ट्र बैंकले तिहारको बिदामा पनि भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

भन्सार विभागबाट प्राप्त पत्रका आधारमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदामा पनि बैंकिङ्ग सेवा सुचारु राख्न निर्देशन दिएको छ।

कात्तिक २२ गतेदेखि कात्तिक २६ गतेसम्म तिहार बिदा रहेको छ।

Skip This