महालक्ष्मी विकास बैंकको ७.४८ प्रतिशत लाभांश घोषणा


काठमाडौं – महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ७.४८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

जसमा ३.४० प्रतिशत बोनस शेयर र (कर प्रयोजनार्थ) ३.७८ प्रतिशत नगद लाभांश रहेको छ। बैंकको कात्तिक २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरूलाई सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको २५ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ।

Skip This