शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा, बम्परमा थाइल्यान्ड भ्रमण


काठमाडौं – शाओमी नेपालले चाडपर्वलाई थप उत्साहपूर्ण बनाउने उद्देश्यले सञ्चालन गरिरहेको ‘शाओमी किन्दा, उपहार पाउँदै, बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेताहरू घोषणा गरेको छ। कम्पनीका अनुसार यस योजनाअन्तर्गत सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका विभिन्न मितिका लागि रेडमी बड्स ६ प्लेका दैनिक विजेताहरू घोषणा गरिएको छ। त्यस्तै, रेडमी वाच ६ एक्टिभका साप्ताहिक विजेताहरू पनि सार्वजनिक गरिएको छ।

योजनाअनुसार दैनिक रूपमा आठ जना भाग्यशाली विजेताले रेडमी बड्स ६ प्ले र साप्ताहिक रूपमा १० जना विजेताले रेडमी वाच ६ एक्टिभ प्राप्त गर्नेछन्। साथै, योजनाको बम्पर उपहारअन्तर्गत चार जना भाग्यशाली विजेताले चार रात पाँच दिनको थाइल्यान्ड भ्रमण गर्ने अवसर पाउनेछन्।

विशेषगरी रेडमी नोट १५ सिरिजलाई प्रवर्द्धन गर्दै सञ्चालन गरिएको यस योजनाले ग्राहकलाई टाइटन टफ प्रविधिसहितको स्मार्टफोन खरिद गर्दा आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको छ। यसका साथै, ग्राहकले शून्य प्रतिशत ईएमआई सुविधामा समेत शाओमीका स्मार्टफोन खरिद गर्न सक्नेछन् । यो योजना आगामी २५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ । शाओमी नेपालले योजनामा सहभागी भई उपहार जित्ने अवसरको लाभ लिन सम्पूर्ण ग्राहकलाई आग्रह गरेको छ ।

Skip This