काठमाडौं – विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत परिचालित प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार कात्तिक १९ गते गरिएको खोजतलासका क्रममा मोरङबाट ११ जना, झापाबाट २ जना र सुनसरीबाट १ जना गरी कुल १४ जना फरार प्रतिवादी पक्राउ परेका हुन्।
पक्राउ परेकाहरूबाट कुल २ वर्ष ५ महिना १५ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै १ लाख ११ हजार रुपैयाँ जरिवानासमेत असुलउपर भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई कैद भुक्तानका लागि सम्बन्धित कारागार पठाइएको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया