सरकारी खातामा ३ खर्ब ८४ अर्ब बढी नगद मौज्दात

'प्रदेश सरकारको कुल खर्च ४ अर्ब ४८ करोड ,स्रोत परिचालन २४ अर्ब ५८ करोड रुपैयाँ'


काठमाडौं – सरकारका विभिन्न खातामा ३ खर्ब ८४ अर्ब बढी नगद मौज्दात रहेको छ। २०८३ भदौ मसान्तसम्म नेपाल सरकारका विभिन्न खातामा ३८५ अर्ब ६१ करोड रुपैयाँ नगद मौज्दात रहेको हाे। संघीय, प्रदेश तथा स्थानीय सरकारका खातामा उक्त रकम मौज्दात रहेको हो।

नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तमा सरकारी खातामा ३७७ अर्ब ४५ करोड रुपैयाँ नगद मौज्दात रहेको थियो। असार मसान्तको तुलनामा भदौ मसान्तसम्म सरकारी नगद मौज्दात बढेको देखिएको छ। यसैगरी, समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने स्रोत परिचालन २४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमध्ये संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरण (राजस्व बाँडफाँटसमेत) बाट १६ अर्ब ३६ करोड रुपैयाँ र प्रदेश सरकारको आन्तरिक स्रोतबाट प्राप्त राजस्व तथा अन्य प्राप्तिबाट ६ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। राष्ट्र बैंकको तथ्याङ्कले प्रदेश सरकारहरूको खर्चको तुलनामा स्रोत परिचालन बढी रहेको देखाएको छ।