काठमाडौं – चितवनको कालिका नगरपालिका– ६ हरियार टोल पदमपुर डेरा गरी बस्ने भारत मतियारी लक्ष्मीपुर लौखान– १६ घर भएका ४१ वर्षीय सञ्जय शाह तेलीलाई करिब २ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो।
यसैगरी चितवनको भरतपुर महानगरपालिका– ३ बाह्रघरे डेरा गरी बस्ने भारत मतियारी पटझिलवा– ८ घर भएका २९ वर्षीय राज जयसवाललाई करिब ८६ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका पटका, १५ हजार भारतीय रुपैयाँ र १ लाख ४८ हजार ३ सय नेपाली रुपैयाँसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पटकाहरू फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।





About Us
प्रतिक्रिया