काठमाडौं – सिटिजन्स बैंकले रसुवा बाढीले क्षति पुर्याएको देविघाट शाखा बट्टारमा स्थानान्तरण गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै देविघाट शाखा बट्टारमा स्थानान्तरण गर्ने बताएको हो ।
देविघाट शाखा कार्यालय रसुवा बाढीको कारणले बगाएको र पूर्ण रुपमा क्षति भएको र सोहि स्थानमा निकट भविष्यमा समेत शाखा सञ्चालन गर्न सक्ने अवस्था नरहेको पछि उक्त शाखा स्थान्तरण गर्न लागेको बैंकले जनाएको छ । उक्त शाखा कार्यालय हालको स्थानबाट करिब ७ किलोमिटर दुरीमा रहेको बट्टार बजारमा अवस्थित अर्को स्थानमा स्थानान्तरण कात्तिक १७ गते देखि सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालन हुने बताएको छ ।
उक्त देविघाट शाखा कार्यालयको नाम परिवर्तन भई आगामी दिनदेखि बट्टार शाखा कार्यालय कायम गरिने बैंकले जनाएको छ ।






About Us
प्रतिक्रिया