सुर्खेतबाट भरूवा बन्दुक बरामद


काठमाडौं – सुर्खेतको पञ्चपुरी नगरपालिका– १० चाम्रीस्थित चुलिकुना सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।