काठमाडौं – ललितपुर र कैलालीबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका– ४ इमाडोल बस्ने ४१ वर्षीय रामबाबु केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा रामबाबु समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार ७ सय १० रुपैयाँ र १५ बुक तास सहित पक्राउ गरेको हो । कैलालीको टीकापुर नगरपालिका– १ मेन्थास्थित जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका– १ बस्ने ४१ वर्षीय सन्तोष भण्डारी समेत ४ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ४ सय ७० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरी थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया