झापाबाट ५ लाख ४० हजारभन्दा बढी मूल्यका पटका बरामद


काठमाडौं – झापाको सीमावर्ती क्षेत्रबाट भारत हुँदै अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको ५ लाख ४० हजार रुपैयाँभन्दा बढी मूल्यका पटका बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल बीओपी महेशपुरबाट खटिएको मोटरसाइकल गस्ती टोलीले झापा जिल्ला, भद्रपुर नगरपालिका–३ स्थित भागबारी उत्तर मेची नदीको सीमावर्ती क्षेत्रबाट उक्त पटका बरामद गरेको हो।

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ५ बोरा आतसबाजी (पटका) बरामद गरिएको हो। बरामद पटका प्रचलित कानुनबमोजिम नष्ट गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।