काठमाडौं – आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज दोहोरो अंकले बढेर बन्द भएकाे छ। आज नेप्से परिसूचक ३३ दशमलव २९ अंकले बढेर २,६६४ को विन्दुमा कायम भएको छ। आज २४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ३५ कम्पनीको शेयर मूल्य घटेको छ।
आज दिनभरिमा ३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ३२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ। घलेम्दी हाइड्रोको २८ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ। बुटवल पावरको २६ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै बेनी हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। बुटवल पावरका लगानीकर्ताले १० दशमलव ६० प्रतिशतका दरले कमाएका छन्। सुपर खुदीका लगानीकर्ताले ६ दशमलव २६ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै प्राइम डिबेञ्चर २०८८ का इकाइृधनीले गुमाएका छन्। आज यसका इकाईधनीले २ दशमलव ९६ प्रतिशतका दरले गुमाएका हुन्। बुधबार १ वटा उपसूचक घटेका छन् भने १२ वटामासुधार देखिएको छ। आज हाइड्रोपावर समूहको शेयर मूल्य सर्वाधिक बढेको छ। यस्तै, फाइनान्स र होटलसमूहमा पनि सुधार देखिएको छ।






About Us
प्रतिक्रिया