माउन्टेन इनर्जीले लाभांश प्रस्ताव पारित गर्न बोलायो १३ औँ वार्षिक साधारण सभा


काठमाडौं – माउन्टेन इनर्जीले शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १३ औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा कार्तिक २० गते आम्रपालि ब्याङ्क्वेट केटरिङ्ग एण्ड इभेन्ट्स, काठमाडौंमा बोलाएको हो।

सो सभा बिहान साढे १० बजेदेखि सुरु हुनेछ। साभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश रहेको छ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि भोलि अर्थात् कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअर्थ आज अर्थात् कार्तिक ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।