सुनसरी – जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार रूपैयाँ नगदसहित आठ जना पक्राउ परेका छन्।इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रहरीका अनुसार, पक्राउ पर्नेमा स्थानीय मोहन घिमिरे, मनोज राई र ईश्वर कार्की, टिकाराम गेलाल र जीवन अधिकारी, युवराज मगर, दुर्गाप्रसाद थापा र खगेन्द्र लिम्बू छन्। प्रहरीले उनीहरूका साथबाट नगदसहित जुवाखालमा प्रयोग भइरहेको सात बुङ ताससमेत बरामद गरेको छ। पक्राउ परेका आठै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया