प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो


काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषको विभिन्न बैंकका खातामा आज बिहान ९ः०० बजेसम्म मौज्दात रकम रु १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ रूपैयाँ र हिमालयन बैंक तथा लक्ष्मी सनराइज बैंकमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर पुगेको छ।